महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा अष्टमी - २३

परिचय

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकसित भइरहेको नेपालको एक राष्ट्रिय गौरवको आयोजना हो। यस आयोजनाले २० जनवरी २०२० (२०७६ माघ ६ गते) मा राष्ट्रिय गौरवको आयोजनाको मान्यता पाएको थियो।

यो आयोजना एक अन्तर-जलाधार जल स्थानान्तरण आयोजना हो, जसको उद्देश्य सुनकोशी नदीको पानीलाई बागमती नदीको सहायक मरिन नदीमा खसाल्नु हो। यसबाट थपिएको पानी बागमती सिँचाइ प्रणालीमा मिसाइनेछ, जसले रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारा जिल्लाको १,२२,००० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ।

यस आयोजनाको डिजाइन बहाव प्रति सेकेन्ड ६७ घनमिटर रहेको छ। आयोजनाको इन्टेकका लागि सुनकोशी नदीमा १२ मिटर अग्लो डाइभर्सन बाँध निर्माण गरिने छ, जहाँबाट १३.३ किलोमिटर लामो सुरुङमार्फत पानी स्थानान्तरण गरिनेछ। सिँचाइका अतिरिक्त यस आयोजनाबाट ३१.०७ मेगावाट बिद्युत उत्पादन हुनेछ र यसको विद्युत गृह (पावरहाउस) कमलामाई नगरपालिकामा रहनेछ।